Sep 30, 2012

The Immortals of Meluha (Review in Nepali)


अमिश त्रिपाठी को “शिव त्रिलोजी” आजकल निकै र्चचित छ . पहिलो किताब द इमोटल्स अफ मेलुहा मा शिव को कथा सुरु हुन्छ , जतिखेर शिव महादेव होइन , एक साधारण मानिस थिए . अमिश ले शिव र सति जस्ता प्रसिद्ध पत्र , जात भात जस्ता प्रचलित धारणा , र अयोध्या र सिन्धु घाटी जस्ता प्रचलित स्थान हरुलाई लिएर कथा लेखेका छन् , कथा मा यी चिर परिचित तत्वहरुको चित्रण भने फरक फरक किसिमले गरेका छन् .

प्रथमतस् स्थान . मोहेन्जो दारो र हरप्पा सहरमा भेटिने सिन्धु घाटि को विलुप्त सभ्यता लाई धेरै जात जाती ले आफ्नो भनि दावा र्गने गरेका छन् . त्यसै मध्ये एक अमिश पनि र्पछन , उनले सिन्धु घाटी का वासिन्दालाई लाई “राजा राम” को पूजा र्गने सनातन र्धमी का रुप मा चित्रण गरेका छन् . यसै क्रम मा उनले मोहेन्जो दारो लाई मोहन (जो (दारो र्अथात् मोहन को मंच , र हरप्पा लाई हरि (युप र्अथात हरि को सहर भनेर पुरै संस्कृत नामाकरण गरिदिएका छन् .


उत्खनन मा देखिएका अनुसार यी सहरमा धनि र गरिब का बस्तीमा फरक थाहा पाइन्दैन , र साफसफाई र जलनिकास को अत्याधुनिक व्यवस्था थियो . यी सबै पक्ष लाई अमिश ले आफ्नो कथा मा समेटेका छन् , तर आफ्नै काल्पनिक रूपमा . अमिश को कथा अनुसार जलनिकास को विशेष प्रयोजन छ स् सोमरस पिएपछि जिउ बाट पसिना आउने र त्यो पसिना विषालु हुने हुनाले हरेक घरमा सबै सुविधायुक्त स्नान गृह को व्यवस्था गरिएको हुन्छ . त्यस्तै , सिन्धु घाटि को लिपि अहिले सम्म पढ्न सकिएको छैन , र त्यहाँ भेटिएका विभिन्न चित्र हरु नै त्यो लिपि का अक्षर हुन् कि भन्ने अनुमान लगाइएको छ . अमिश ले भने सिन्धु घाटि को सबै भन्दा प्रसिद्ध साँढे को चित्र लाई क्षत्रीय को एउटा जाती को प्रतिक चिन्ह बनाइदिएका छन् .

साँढे को चित्रण अमिश ले गरेको सनातन र्धम संस्कृति को नौलो चित्रण को एउटा उदाहरण पनि हो. अमिश को मेलुहा मा व्यक्ति ले जात आफै छान्न पाउने परम्परा छ . र जात भित्र पनि उप जात का विभिन्न प्रतीक हरु मध्ये साँढे एक हो . मयुर, हाँस जस्ता अरु हिन्दु र्धम का प्रचलित जीव हरुलाई पनि जात का प्रतिक मानिएको छ.

अमिश को कथा हजारौं र्वषा अगाडी को भएतापनि “डाक्टर ”, “इम्मिग्रेशन ”, “भोट ” र “इन्र्फम्ड चोइस ” जस्ता नया शब्द हरु यसमा छ्यास छ्यास्ती पाइन् छन् . आधुनिक पाठक ले सजिलै बुझुन भनेर हो , वा यस्ता शब्द को प्राचिन रुप नभएर यस्तो प्रयोग गरिएको हो , थाहा पाउन सकिएन . त्यस्तै, शक्ति र पैसा मा कुनै एक र्वग ले एकाधिकार जमाउने र अरु र्वग लाई अवसर नदिई आफ्नै वंशज लाई जन्मजन्मान्तर सम्म फाइदा पुग्ने समाजशास्त्रीय विचार धारणा आजकाल हावी छ . त्यसै कारण ले होला , अमिश ले आफ्नो कथा मा यो समस्या को समाधान र्गन खोजेका छन्. मेलुहा मा “मैका ” प्रणाली लागु गरिएको छ . यस अनुसार , र्गभधारण गरेपछि हरेक महिला छुट्टै ठाउं मा गएर बच्चा लाई जन्म दिन्छिन , र त्यो बच्चा गुरुकुल लाई जिम्मा लाएर घर र्फकिन्छिन. बच्चा का आमा बाबु को हुन् कसैलाई थाहा दिई दैन , र पछि उमेर पुगेपछि बच्चा ले आफ्नो योग्यता अनुसार जात आफै जात छान्छ. त्यसपछि बच्चा चाहने जो कोहिले पनि आफ्नो जात को बच्चा रोजेर लैजान सक्छन .

वंशानुगत विशेषाधिकार को समस्या समाधान गरेपनि यो प्रणाली का अरु धेरै समस्या हरु भने छन् , जुन किताब को अन्त्यमा खुल्दै जान्छन . के अमिश ले सबै समस्या को समाधान र्गने प्रणाली पनि देखौना सक्छन ? त्यो शायद अन्तिम पुस्तक पढेपछि मात्रै थाहा पाइएला .

कति ठाउं मा अमिश ले पुराना धारणा लाई पुर्नाविवेचना पनि गरेका छन् . हिन्दु र्धम अनुसार एक पटक मानिस को जन्म लिएर राम्रो र्कम कमाई सकेपछी बल्ल ब्राह्मण भएर जन्मन पाइन्छ , र दुइपटक मानिस भैसकेको हुनाले ब्राह्मण लाई द्विज भनिन्छ . तर अमिश का अनुसार भने सोमरस पिएका मानिसहरुको आयु लम्बिने हुनाले उनीहरुले पुर्नजीवन पाएझैं हुन्छ . ब्रह्मा ले सब भन्दा पहिले सात ब्राहमण लाई सोमरस पिलाएका हुनाले यी पुर्नजीवित ब्राहमण लाई द्विज भन्न थालियो .

पात्र को कुरा र्गनु र्पदा , शिव र रुद्र लाई छुट्टा छुट्टै समयमा बाँच्ने अलग पात्र को रुप मा उभ्याएर अमिश ले हिन्दु र्धम का महान देवता को पहिचान मा नै प्रश्न उठाएका छन् . यो प्रश्न प्रचलित हिन्दु र्धम को अध्ययन भित्रै र्पने भएपनि महादेव का पनि विष्णु का झैं अवतर , र विष्णु का वायुपुत्र नामक वंशज भने अन्त कतै सुनिएका छैनन् . त्यस्तै , मेलुहा मा टेबल मा बसेर खाना खाने चलन , लूला लंगडा , रोगी र अभागी लाई विर्कम को संज्ञा र अछूत को व्यवहार , र क्षत्रीय को प्राण भन्दा पनि प्यारो “भ्राता ” प्रणाली हाम्रो परिचित मिथक भित्र र्पदैनन् . हुन त इतिहास , मिथक र भगवान को नया परिभासा पेश र्गन लेखकलाई पुरा छूट छ , तर त्यस पछि कथा मिथक र इतिहास भन्दा बाहिर पुग्छ र काल्पनिक कथा बन्न पुग्छ .

यतिबिघ्न नया कथा र संस्कृति कथामा उर्ताने हो भने भने चिर परिचित पात्र र संस्कृति नै किन रोजेका होलान ? यो प्रश्न विचारणीय छ . शायद शृंखला का तिनै पुस्तक पढिसकेपछि यो भेद खुल्नेछ . अन्त्यमा भन्नु र्पदा , अमिश को कथा मा पुराण का शिव र सति लाई खोज्नु व्र्यथ छ . तर नया कथा भनेर पढ्ने हो भने कथा निकै रोचक छ . दक्ष्ािण एशिया मा फ्यानटासी को प्रयोग कम हुने र्गदछ , र त्यस माथि पनि “युटोपिया ” र्अथात आर्दश समाज को विस्तृत चित्रण त झनै कम पाइन्छ . अमिश ले यी दुवै टेक्निक्लाई राम्रो संग प्रस्तुत गरेका छन् . सबै भन्दा राम्रो पक्ष , अमिश ले कथानक का साथै हिन्दु र्धम को र्दशन लाई पनि समेटेका छन् , र बहस को माध्यम बाट बारम्बार जात , र्कतव्य , र्धम , देवत्व जस्ता विषयमा भिन्न भिन्न मत प्रस्तुत र्गदछन . कथा साहसिक र रोमान्चक भए पनि यसको मुख्य सार भने र्दाशनिक नै देखिन्छ .

Reactions:

0 comments:

There was an error in this gadget

Followers