Nov 12, 2012

बाबु, छोरी र जिन्दगि: पार्ट 2


हामी भान्सा मा ब्यस्त आमालाई किच किच गर्दै: आमा गुडिया को लुगा बनाउन सिकाइदिनु न !
बुवा: आमालाई दुख नदेउ, आओ म सिकाइदिन्छु
म: हजुरलाई आउँछ र?
बुवा: तिमेर्की आमालाई के आउँछ र? मैले त बनारस मा सिलाई बुनाई को  ट्रेनिंग लेको छु!

**

अर्को दिन बुवा पाहुना संग ब्यस्त हुँदा 
म: बुवा, गुडिया को लुगा बनाउन सिकाइदिनु
पाहुना: नानी, आमालाई सोध न, बुवालाई के आउला र!
म: अँ, आमालाई त केहि आउँदैन, बुवाले त बनारस मा ट्रेनिंग लिनुभको छ!
बुवा: evil laugh
पाहुना: अवाक 

**

आमा र सानिमा मास्टर्स पढ्न जाँदा 
हामीलाई यत्ति थाहा थियो - बुवा मास्टर्स पढाउनु हुन्थ्यो र आमा पढ्नुहुन्थ्यो 
म: बुवा बुवा, आमाले त हामीलाई मात्रै कत्ति होमवर्क गर भन्नु हुन्छ, आफु चैं कहिले होमवर्क गर्नु हुन्न 
बुवा: हो त, हिजो पनि  होमवर्क नै गरेका रैनछन् 
म: अनि हजुरले पनिश्मेंट दिनु भएन त?
बुवा: अगाडी बसेका थे, पुक्क एक एक मुड्की दिएँ नि मैले। 

**

धेरै वर्ष पछी:
ऋचा: आज क्लास मा टिचर स्टुडेन्ट को लभ स्टोरी को कुरा हुँदै थियो, अनि मैले हजुरहरुको पनि कुरा सुनाइ दिएँ 
आमा: कल्ले भन्यो हाम्रो लभ म्यारिज हो भनेर?
ऋचा: होइन र?
आमा: होइन, बुवाले मलाई कैले पढाउनु भाको छैन आज सम्म जिन्दगी मा, कल्ले यस्तो हल्ला फैलाउँछ?
म: बुवाले त आफैं भन्नुभको , होमवर्क नगर्दा एक मुड्की हानें भनेर !
आमा (voice rising) : हाम्रो पियोर मागी बिहे हो !!
ऋचा: हो, हामीले बुझ्यौं आमा, calm down
आमा: mutters for hours about rumor mongers

**

टिभी मा बिज्ञापन: मेरी छोरीको लामो कपाल नै त उनको गहना हो 
बुवा: भुस हुन् सबै, भुस! शिक्षा पो मान्छेको गहना हुन्छ त, कपाल पनि कतै गहना हुन्छ?

**

बुवा 4 बजे तिर फोन गर्दै : रात परिसको, छिटै घर आइज !
म: बुवा म बिहे मा छु 
बुवा: बिहे मा भए के भो त, न तँ बेहुला, न तँ बेहुली, छिट्टो आइहाल!

**

भर्खर डायल अप बाट वाई फाई मा सरेको बेलामा 
बुवा: मेरा मेलहरु झिकिदे 
म: हेरिसकें मैले, केहि छैन 
बुवा: जान्ने हुन्छेस, त्याँ टुँई ख्याट गरेकै छैन 

**

मोबाइलमा अपरिचित नम्बर बाट फोन आएपछि
बुवा: यो मेरो फोन मा मान्छे को नाम किन आउँदैन?
म: त्यो आफुले सेभ गरेपछि मात्रै आउँछ 
बुवा: अनि इमेल मा त आउँछ त फलानाले गरेको भनेर !
म: अँ त्यो त अर्कै हो नि!
बुवा: ए हो? लु त फोन पनि तेस्तै बनाइदे, सबै नयाँ मान्छे को नाम आउने 

**

बुवा: सेवा काम नलाग्ने भैसकी, पढाई गुनाइ साढे बाइस 
ऋचा: अब मास्टर्स गरेपछि भै हाल्यो नि, याँ भन्दा कति पढ्नु 
बुवा: तँ चै किन एम फिल पढेकी त? आजै छोड्दे !!

**
म: मलाई पाल्पा जान झोला चाहियो 
बुवा: ला मेरो झोला लैजा 
एयरपोर्टमा बस्दा फोन मा:
बुवा (आत्तिंदै ): सेवा!! सेवा!!!! मेरो ब्याग मा पैसा थियो काँ गयो???????
म: सिराने मुनि राखिदिएँ 
बुवा: उफ्फ्फ़, धन्न, म त छोरी पैसा लिएर भागी कि भनेर सारै पीर लाग्यो!!!

**
हाम्रो घर बनिसकेको थियेन. छतमा पिलर बाट रड निस्किरहेका थिए, त्यस्तैमा एकदिन छतबाट टिंग टिंग आवाज निकै बेर आइरख्यो. 

बुवा: हेर त माथि के भएछ 
खगेन्द्र काका: काग रछन. रडमा बस्दा र छोड्दा ठोक्कर आवाज आउँदो रछ
बुवा: बजिया स्यालहरु! आफु यत्रो दुख गरेर घर बनायो, उनीहरुलाई पिङ्ग खेल्न पो भएछ!

**

र यसरी नै uber dramatic जिन्दगी चलिरहन्छ, 

पार्ट 1: यहाँ भेटिन्छ 
पार्ट 3: यहाँ भेटिन्छ

P.S. सबै घटना हरु शत प्रतिशत सत्य हुन् !! 

Reactions:

5 comments:

Aakar Anil said...

Interesting conversations. :)

Anonymous said...

can i add some?
zen kaizen asked

CP Aryal said...

Waiting part 3. I am regular reader of ur family jokes. :-)

Milan Neupane said...

Interesting

Shankar Bhattarai said...

Interesting conversation! pure language is so much attractive at all ......! love it...:)

There was an error in this gadget

Followers