Feb 10, 2013

केहि (सत्य) प्रेमकथा



(सबै कथा सत्य हुन् । पात्रको नाम भने फेरिएको छ ।)

**

सेवाः वर्ष २६
अदितीः वर्ष ७
उदयः वर्ष ४
स्थानः अदिती र उदय को घर



अदितीः हजुरलाई था छ, उदयलाई एउटी केटी मन पर्छ नि, उसकै कक्षाको ।
उदयः होइन, मन पर्दैन ।
अदितीः हो, उसले त विनासँग बिहा पनि गरिसकेको छ ।
उदयः छैन मैले बिहा गरेको ..........
सेवाः अनि तिमीलाई चाहिं को मन पर्छ नि ?
अदिती (लजाउँदै)ः अँअँअँ ......
सेवाः भन न भन ।
अदितीः भन्न त भन्छु तर कसैलाई नभन्नु है ।
सेवाः हस् ।
अदितीः प्लीज प्लीज हजुरको बोइ फ्रेन्डलाई पनि नभन्नु है ।
सेवाः ल ल कसैलाई भँिदन ।
अदितीः छ एकजना मेरो क्लासमा ...
सेवाः हो ...
अदितीः मलाई अलि अलि मन पर्छ । धेरै होइन, अलि अलि । (बुढी औंला र चोर औंला जोड्दै) यत्ति मात्रै
सेवाः आहा । नाम के हो नि?
अदितीः कृष्ण, तर यो नाम कत्ति लामो छ, म त उसलाई कृश भन्छु ।
सेवाः उसलाई था छ त, तिमीले उसलाई मन पराउँछौ भनेर?
अदितीः था छ, एकदिन मेरी साथीले उसलाई भनेकी थिई ।
सेवाः अनि उसले के भन्यो त?अ
दितीः उ त हाँस्यो मात्रै । हजुरलाई पनि कोही मन पर्छ ?
सेवाः पर्छ नि ।
अदितीः हजुरले कहिले उसको हात समाउनु भाको छ ?
सेवाः छैन त । तिमीले छौ?
अदितीः छु नि । म एकदिन उसको छेउमा उभिएकी थिएँ, अनि मिसले हात समाउनु पर्ने गेम खेलाउनु भो ।
सेवाः कस्तो लाग्यो त हात समाउँदा ?अ
दितीः हेहे, कस्तो अनौठो लाग्या े।
सेवाः हो र ?अदितीः अँ, तर रमाइलो पनि लाग्या े।

**

सेवाः वर्ष २६
विशेषः वर्ष २५
स्थानः जिमेल च्याट



विशेषः आइ एम इन लभ !
सेवाः बधाई छ ।
विशेषः तर एउटा प्रब्लम छ । उसको बिहे भइसकेको छ ।
सेवाः तिमी किन यस्तो झन्झटमा फस्दैछौ ?
विशेषः किनकि म उसलाई मन पराउँछु, धेरै माया गर्छु,  उसंग जिन्दगी बिताउन चाहन्छु ।
सेवाः बिहा किन र्गदैनौ  ऊ सित?
विशेषः चाहन त म पनि त्यहि चाहन्छु नि, तर समय परिस्थिति मिल्दैन ।
सेवाः अब फ्युचर प्लान के छ त ?
विशेषः उसलाई सकेसम्म साथ दिने, उसलाई खुशी बनाउने । ऊ म बाट एउटा बच्चा चाहन्छे ।
सेवाः बच्चा कुनै  ग्रिटिङ्ग कार्ड हो र, दिएर हिँड्न मिल्ने । दिएपछि त तिमी पनि बाबु बन्छौ।
विशेषः था छ मलाई, तर  ऊ यस्ता कुरा बुझ्दै बुझ्दिन।
सेवाः तिमीलाई के लाग्छ,  ऊ यस्तो सम्बन्धमा खुशी छे ?
विशेषः बिहा भएपछि ऊ पहिलो चोटि मलाई भेटेपछि मुस्कुराई ।
सेवाः तर सधैं त तिमी उसलाई साथ दिन सक्दैनौ ।
विशेषः था छ, उसलाई कुनै दिन सम्बन्धमा सेक्युरिटी चाहिएला, मलाई कुनै दिन आफ्नै परिवारको इच्छा होला, परिवारबाट दबाब आउला, ब्यस्त भएर भेट्न नपाइएला, सब था छ । हामीसंग समय कम छ, त्यो पनि था छ । तर भएको थोरै समयमा हामी किन खुशी नहुने?
सेवाः तिम्रो मायाको कुनै भविष्य छैन।
विशेषः हो, तर माया बिना जिन्दगी को कुनै अर्थ पनि त छैन।

**

श्याम ः वर्ष ४०
सेवाः वर्ष २६



स्थानः  ग्रामिण नेपाल
सेवाः तपाईं के र्गनुहुन्छ?
श्याम ः १५ वर्ष देखि पुलिसको जागिर मा छु। सरुवा भैराख्छ, कैले यता, कैले उता ।
सेवाः अनि परिवार ?
श्याम ः मेरी श्रीमती र दुइ छोरा, बुटवलमा बस्छन।
सेवाः तपाईं हिंडी राख्नु हुन्छ, पारिवारिक जीवन त ध्वस्त हुन्छ होला ।
श्याम ः त्यसलाई कसरी लैजाने हो, त्यसमा भर पर्छ ।
सेवाः भन्नाले ?
श्यामः म घर छुट्टीमा मात्रै जान्छु, तर पनि मेरो जस्तो राम्रो फ्यामिली लाइफ शायदै कसैको होला ।
सेवाः कसरी?
श्यामः कहिले पनि झगडा हुँदैन, भएको समयको कसरी सबै भन्दा राम्रो सदुपयोग र्गने, र थोरै पलमा पनि कसरी जिन्दगीका धेरै अनुभव संगाल्ने, हामी सधैं त्यहि ध्याउन्नमा हुन्छौं । हो, म घरलाई कम समय दिन्छु, तर हरेक पल अनमोल छ । हाम्रो माया गाढा छ, त्यसैले त हामी तिनै पलको सहारामा वियोगका पलहरु काट्न सक्छौं । टाढा नै भएपनि हामी एक छौं, संगै बसेर भन्दा बढी एक अर्कालाई साथ दिएका छौं । कतिपय संगै बस्ने जोडीमा भन्दा हामीमा बढी विश्वास छ ।

**

दिनेशः वर्ष ७०
सन्ध्याः वर्ष ६७
सेवाः वर्ष २६
स्थानः वृद्दाश्रम



सेवाः आज के खाना खानुभो ?
दिनेशः मैले त मिठै खाएँ, यिनीलाई  चाहिं केहि रुचेन । (माथिको एउटा आँख्ला नभएको चोरी औंला देखाउँदै) मेरो मासु खाने बानी, अनि के रुचोस त दाल भात?
सन्ध्या (सेवाको कानमा)ः खासमा उसले चाहिं तिन दिनदेखि केहि खाएको छैन, मैले पकाको मात्रै मिठो लाग्छ उसलाई ।
सेवाः समय कसरी काट्नुहुन्छ ?
दिनेशः कलेजका केटीहरु हप्तामा एक दिन रमाइलो गर्न आउँछन्, गफ गर्छन्, खेल खेल्छन् ।
सन्ध्याः आउन त केटाहरु पनि आउँछन् नि, तर उसले केटिहरु मात्रै देख्छ ।
दिनेशः हो प्रिय !
सेवाः हाहा ।
दिनेश (सेवाको कानमा)ः यिनलाई अस्ति र्भखर र्हाट अट्याक भयो। डाक्टरले उनलाई रिस न उठाउनु भनेको छ, जे भने पनि सहि थाप्नै पर्यो ।
सन्ध्याः धेरै नाटक नगर, मैले सब सुनिसकें । म कहिले गलत कुरा नै बोल्दिन, अनि सहि नथापेर सुख ?
दिनेशः हो प्रिय !
सेवाः म जान्छु अब ।
दिनेश (बाहिरसम्म छोड्न आउँदै) खासमा यो औंला चाहिं सानैमा मेरो बाउले हँसियाले काटेको अर े।
सेवाः अनि हार्ट अट्याक चाहिं ?
दिनेशः हार्ट अट्याक भए पनि, नभए पनि, शि इज अल्वेज राइट !

Reactions:

2 comments:

Anonymous said...

i read the story... different thinking of characters in different age and situation but I couldn't find the relation between these different characters except the interviewer (Sewa).

curly locks said...

there are no similarities :)
they r 4 diff stories

There was an error in this gadget

Followers