Aug 11, 2014

double adventures on saun ko sombar

सपना: ओहो लाइन त कति लामो 
म (छिर्न खोज्दै): बिचमा घुसिदिम न 
सपना: नाइँ तेसो गर्न त मनले पनि मान्दैन 
पछाडीबाट आवाज: छिर्न पाइन्दैन है पाइन्दैन 
भोलुंटीयार दाइ: के हो बहिनी हरु, महादेव लाई पाउनलाई त अलि अलि तपस्या गर्नु पर्यो नि 
म (लज्जित भएर लाइन बाट निस्किंदै): हो दाइ 
सपना: अब भगवानले पनि के भन्ला, मलाई भेट्नलाई तिमीले यति पनि गर्न सकेनौ भन्ला 
एकछिन पछि फेरी सपना: हुन त त्यहाँ भित्र जाँदैमा भगवान पाइने त होइन …… 
**

म: फोटो खिचम अब
He's the bomb!! (Or so he thinks!)


सपना (पोज दिंदै) : हो हामी तेइ गर्न आको पशुपती 
पसले: लानुस बहिनी फूल, बेलपत्र, अगरबत्ती, नरिवल, माला ………… 
म: मेरो चाहिं फूल नजिकै फोटो खिचिदेउ


सपना (१० वोटा खिचिसकेपछि) : आहा फूलमा कति राम्रो फोटो आउँदो रहेछ, मेरो पनि खिच्देउ 
पसले (बिच्किंदै ) : अलि पर जानुस, याँ मेरो डिस्प्ले नछेल्नुस 
म: प्लीज हाम्रो एउटा फोटो खिचिदिनुस न 
पसले (ठुस्किंदै) : खिच्न सकिन्छ 
म (मनमनै): तर सकेसम्म खिच्नु नपरोस?????


सपना: थ्यांक यु दाई
पसले (रिसाउँदै ): ओ बहिनी ओ, फुल चाहिं खोइ त किनेको  ?
**

सपना: जाम ऊ त्यो बुढा संग फोटो खिचाम 
म: बाबाजी को घर कता हो?
बाबा: जनकपुर, सिराहा 
सपना : हाहाहा बोल्दो पो रहेछ, मैले त मुर्ति भन्ठानेको 
म: फोटो खिचौं है 
बाबा (खुशी भएर हरियो तन्ना ओछ्याउँदै) : हुन्छ


म: एकछिन गफ गरौँ है 
बाबा (झर्किदै ): के गफ गर्नु पर्यो?
म: किन साधु हुनुभाको?
बाबा: भोले बाबाको कृपाले 
सपना: कति बर्सको उमेरमा लाग्नुभो?
बाबा: १५ वर्ष 
म: घर परिवारले के भने त?
बाबा (ठुलो स्वरमा ): यौटै घर को सबै मान्छे थोडी न साधु हुन्छ 
म: अनि कसरि हुन्छ त?
बाबा: हामी सिक्न जान्छौं 
म: स्कूल जस्तै?
बाबा: इस्कुल होइन हाम्री गुरु महाराज छ अजुद्धे मा. 
म: के मान्छेलाई भविष्यमा पनि एस्तो साधु बन्न मन लाग्ला?
बाबा (रिसाउँदै ): त्यहाँ पनि सबै साधु हुँदैन, जसमा भोले बाबाको कृपा छ त्यहि हुन्छ 
सपना: किन साधु बन्नुभाको? संसारिक बन्धन मन नपरेर हो?
बाबा: ………. 
म: आइमाई मान्छे मन पर्दैन?
बाबा (उता फर्किंदै ): आइमाई भनेको दु:ख हो 
म: किन?
बाबा (exasperated): अब बिहा गरेपछि  बाल बच्चा हुन्छ, परवरिश गर्नु पर्यो 
म: गृहस्थी जीवन गर्ने सबै दु:खी हुन्छन त?
बाबा: गृहस्थी मात्रै होइन सबै दु:खी हुन्छन 
म: तपाईंलाई के दु:ख छ र?
बाबा (sighs): छ नि, कैले खान पाउँदैन, भोकै हुन्छ।
म: कसले खान दिन्छ त?
बाबा: भोले बाबाको कृपाले 
म: तपाईं को दिनचर्या कस्तो हुन्छ?
बाबा (तिमीलाई केहि था छैन? जस्तो पाराले): त्यहि भजन गर्ने, भोले बाबाको नाम लिने  
**

पछि: 
सपना: उनीहरु खुसी छैनन् जस्तो लाग्यो 
म: किन?
सपना: हेर न कति दु:खी कुरा गर्यो. अब सानैमा छिरी हाल्यो, निस्किनु पनि भएन 
**

अर्को बाबा जिउमा आर्ट गर्दै :

म: यो के लाउनु भाको 
बाबा: यो लालसिरी हो 
म: किन लाउनु भाको?
बाबा: यो हाम्रो कर्म हो, साधु हरुको 
म: एसको केहि अर्थ छ?
बाबा: ……………… 
**

साथी १: कति बेसन लगाको यसले 
साथी २: जति बेसन लाए पनि राम्रो हुन सकेनछ 
साथी १: तेसोभए किन लाउनु त बेसन? 
साथी २: that makes no sense
म: हाहा त्यो बेसन होइन खरानी हो 
साथी १ र २: that makes even little sense

**
सपना: बाँदर लाई केरा दिउँ न 
म: बिहान देखि केहि खाको छैन, हामी नै खाम न. 
(तर सपना मान्दिनन र केरा दिन जान्छिन।

एउटा केरा दिंदा दिंदै भुइमा झर्छ।
हेर्दा हेर्दै सपनाले अर्को केरा पनि बाँदरलाई दिन्छिन )
सपना: हेर झोलामा अझै केरा छ तिमीलाई 
म हेर्छु, झोला मा तीनवटा केरा
म: बाँदरलाई एउटा मात्रै दिएको भए हामीलाई दुइ दुइटा हुन्थ्यो 
सपना :S
**

र अन्त्यमा,
'सांसारिक मोह माया देखी मुक्त' बाबा ऐनामा आफ्नो शृंगार मिलाउँदै



**

भरे बेलुका 
रोशनी: म त आरती हेर्न जान्छु 
म: म पनि जान्छु, बिहान छिर्न नपाको अहिले पाइन्छ कि 
**

बाटोमा माइजु भेट हुँदा:
रोशनी: कतिको भीड छ?
माइजु : निकै भीड छ, आज चरीलाई पनि ल्याउने अरे नि त 
रोशनी: ला…………. बम पड्क्यो भने?
म: ला …………… खुस्बु आएर नाटक गरी भने? बम भन्दा डर लाग्दो होला 
रोशनी: ह्या केही हुन्न, जाम. केही भएछ भने निउज लेखाम्ला !
(Note to self: I should have guessed something was afoot....
the normally gentle roshani was behaving quite out of character
her Inner Wild Woman was rising, but I chose to be blind to it)
**

रोशनी: लाइन मा छिरम 
म: बिहान त मलाई छिर्न दिएन!
But Roshani seems more persuasive than me.
She jumps into the melee and also manages to pull me in.
(Roshani's Inner Wild Woman had woken up. 
I still did not suspect any thing)
We enter the temple by cutting the line
And as we enter, a shout goes up.
I assume everybody else also entered by cutting the line.
**


the environment inside is, to say the least, hectic
since it is the first time for both me and roshani, 
we try to ask around about where the arati will be held
People point to the general direction of the temple, 
where Roshani spies a big crowd of people 
Roshani's Inner Wild Woman (IWW): Shall we go there?
Me: Umm, err, let's think about it?
But without waiting for my answer, IWW jumped into the fray
Assuming she knew that was where the Arati was, I follow her
Inside I find IWW joining in the chants of the hundreds (yes, hundreds)
of devotees singing about Bholenath
But since everyone wants to enter the temple and no one wants to leave,
soon the small room gets packed like sardines. 
I am gasping for breath, and even IWW is struggling. 
We decide to get out.
**
we make it in thanks to IWW
IWW: Well, I guess that was the arati
Me: How can you tell? We did not see any flames
IWW: Well,  the crowds obstructed us, 
but the door was shining with reflected light
Me: So the only proof that we saw the arati was a door that shone?
IWW : plus it happened at 7PM, which is the time for Arati
plus that old woman had told us it would be taken out from that particular door 
Me: But we didn't actually see it, only the shining door!
IWW (confused): well, err, umm, we will have to come again to actually see it
Me: Yes, so that when we see the arati again, we will be able to recognize it,
IWW: It was fun though, even if we didn't get to see it.
Me: Indeed, that was quite an adventure. Let's come again
IWW: But let's come in a more boring way so that we get to see everything!

There was an error in this gadget

Followers