Oct 26, 2015

बाबु, छोरी र जिन्दगि: पार्ट ३

सानैमा, म भर्खर भर्खर चिया बनाउन सिक्दाः
आमाः जति कप चिया बनाउने हो, तेति चम्चा चिनि हाल्नु, अनि त्यसमा एक चम्चा थप्नु।
भोलिपल्ट बुवा चिया खाँदैः
बुवाः कस्तो खल्लो चिया! जति कप चिया बनाउने हो, त्यसको डबल चिनी हाल्नु
मः तर आमाले त एक चम्चा बढी हाल्नु भन्नुभको थियो।
बुवाः अँ, डबल हाल्नु अनि एक चम्चा थप्नु नि!

**

calvin's dad and my dad:

Calvin's dad:
Calvin: Daddy, why are all the old photographs black and white?
Dad: The world used to be black and white black then, it is only very recently that it started turning colorful.
Calvin: But then, why are old paintings colorful?
Dad: Because artists could use their imagination even then.

My dad:
म: बुवा आकाशवाणी भनेको के हो?
बुवा: तैंले महाभारत हेरेकी छैनस? आकाश बाट एउटा मान्छे चिच्याउँछ नि, त्यहि हो. 
म (हातको टेलिग्राम देखाउंदै ): तर हामीले चै कसरी लेखेको पाउँछौं त?
बुवा: पोस्ट अफिस मा एउटा मान्छेले टिप्छ अनि हामीलाई हुलाकी ले ल्याई दिन्छ. 


**

छिमेकिको घरमा बिहा हुँदाः
बुवाः बाजा बजेर कति रमाईलो भको छिमेकमा। हाम्रो घरमा पनि एउटा चाहिने!
मः के बुवा? बाजा?
बुवाः अँ! बाजा!

**

- Buwa loses his phone on the way to Jhapa.
- Asks contacts in Biratnagar airport to look for phone in Kathmandu airport.
 
- Said contact asks police in Kathmandu for help
- The search goes on for several hours fruitlessly.
- The phone is found later in dad's bag, in silent mode.
- On top is a message from police: sir tapaile phone jhola mai halnubhako cctv camera ma dekhiyo, tesaile dhukka hunu hos, phone bhetinchha

**

बुवाः (मेरो mousse  को बट्टा हेर्दै) यो के हो?
मः कपालमा लाउने
बुवाः तेल हो?
मः तेल जस्तै
बुवाः म लाउँछु तेसोभए।
मः पर्दैन
बुवाः किन?
मः कपाल अररो बनाउँछ।
बुवाः मलाई तेस्तै चाहिएको छ।
बुवाः (खोलेर हातमा हाल्दै) श्याम्पु त होईन?
मः होईन।
बुवाः किन फीँज आयो त? भरे पानी परेर टाउको भरि bubbles आयो भने?
मः पानीमा नहिन्नु न।
बुवाः (finally कपालमा दल्दै) आहा कति मिठो बास्ना। अबदेखि त म सधैँ यहि लगाउँछु।

**

हस्पिटलमा, अघिल्लो दिन हामीलाई खाली पेट मा आउनु भनिएको थियो 
बुवा: अलिकती पानी खाए, केही बाधा हुँदैन भाई ?
काउन्र को भाई: हजुर ? भाडा ? कस्तो भाडा ?

**

बिहानै ट्याक्सीमा अङ्रेजी गीत बज्दै छ 
बुवा: भाई, बिहान को भजन असध्ये राम्रो 
ट्याक्सी ड्राईभर : खोइ सर, भजन त भेटिएन अनी एस्तो लगाए


**

बुवा: गाला कसरी सुन्नियो?
म: दाँत दुखेर 
बुवा: दुवै तिर उत्तिकै सुन्निएको भए त राम्रो पनि देखिन्थ्यो होला

**


बुवा कार्डमा लेख्ने नाम भन्दैः उफ कति मेहनत गर्दैछु म छोरीको बिहेको लागि!
ऋचा 
कार्डमा नाम लेख्दैः हजुरले अरु कोहि बेहुली देख्नुभको छ, आफ्नो बिहेमा यस्तो मेहनत गर्ने ? म मात्रै होला आफ्नो बिहेको कार्ड आफैं ठिक पार्ने, आफैं बाँड्ने !
बुवाः गर्नु त परो त ! मैले आफ्नो बिहेमा सबै खर्च आफैं गरेको थिएँ !
मः त्यो त केटा पट्टिले गर्नु परिहालो नि !
आमाः आजकालको जमानामा केटा न केटी ! तिमीहरुलाई हामीले केटा भन्दा के कम गरेको छ र !
ऋचाः मेरो सबै ब्यांक ब्यालेन्स सक्किसको बिहे खर्चमा । आई होप यु आर ह्यापी !

**

ऋचाः ईंगेजमेन्ट नगरुँ होला, पोखराबाट सबैलाई आउन दुःख हुन्छ ।
अजितः ईंगेजमेन्ट मात्रै किन, बिहे नै नगरुँ न, रेजिस्टर गर्दा भैहाल्छ नि !
me to buwa:  बुवा, ईंगेजमेन्ट गर्न कसैलाई मन छैन, नगरुँ होला !
बुवाः कसै भनेको को हो ? मलाई भनेको ? मलाई भनेको हो भने मलाई केहि objection छैन, गरे हुन्छ ईंगेजमेन्ट !

**

आमाः बिराटनगर बाट आउने प्लेनको टिकट ३००० पुगेछ निचढ्ने मान्छे नभएर !
बुवाः म पनि जाउँ कि क्या होअनि ३००० मा फिर्ता आउँछु।
आमाः यताबाट जाने टिकट पाए पो जानु !
बुवाः ३००० मा प्लेन चढ्नु कति मजा आउँछ होला !
आमाः त्यहाँ पुग्ने चाहिँ कसरी नि ?
बुवाः जसरी पनि जानु पर्ला ३००० मा प्लेन चढ्न !

**

buwa walks in as i m listening to an audiobook. 
बुवाः यो कुन न्युज हो?
मः न्युज होईन किताब हो।
बुवाः कुन?
मः एडम स्मिथको।
बुवाः पुरानो? ईकोनोमिक्स को?
मः हो।
बुवाः उसले आफै‍ैं पढेको?
मः हेहे
बुवाः किन हाँसेकि? उसले पढ्न सक्दैन र ?

**

मः बुवा मैले हजुरलाई सुईटर ल्याईदिएको छु।

बुवाः किन दुःख गरेकि? तै‍ं लगा .....

**

पार्ट 1: यहाँ भेटिन्छ 
पार्ट 2: हाँ भेटिन्छ 


P.S. सबै घटना हरु शत प्रतिशत सत्य हुन् !! 

Oct 7, 2015

Reflections after reading 1984



After you read 1984, you realize it is the “baap” of all the totalitarian societies created in fiction. Orwell has though of everything: a society where you are constantly in surveillance through telescreens, crimes of facial expressions major, and even crimes of thought are monitored. Information is constantly re-invented: old history is deleted, new histories created, so that you never know if what you read is real or not. News is constantly edited to support the party’s official line. New words are constantly added to the official dictionary, and more importantly, old words and constantly rounded up and routed form use, so that the entire vocabulary changes, and no art remains. Control of big brother is total. 

However, the plot leaves many questions unanswered about how such a society functions. What are the mechanisms through which one gets into the inner party circle? Why don’t the common people try and get into the party? Is membership guaranteed by birth, if so what about people who don’t qualify? IS membership by loyalty to the party? If so, can anyone get in? What about corruption within the party and digression, lack of faith, and giving in to temptation (of love, of art, of music, of communication, of ideas) from within the party?

What happens to spontaneous expressions of art? Can you really control art to this extent? For example in language or in doodles? The novel throws big ideas at you in every page, and every sentence is a punch-line. Sometimes you wonder how you can keep up, and then you realize that this novel is an imagination of future dystopia. Today many of the conditions imagined in the novel, like omnipresent technology. This has given us enough information to know that many of the ideas Orwell outlines are not plausible: nobody has time to monitor millions of CCTV cameras 24/7, or Orwell’s telescreens, and if they do, they would be bored to death. Modern dystopian works have learnt from these plot loopholes, and created more plausible societies. However, again, they do so only because Orwell was there to show what was possible and what was not.
There was an error in this gadget

Followers